Sagun Khabar
मझगाउँ विमानस्थल निर्माणका लागि नेता लेखकद्वारा मन्त्री आलेको ध्यानाकर्षण 

कञ्चनपुर –नेपाली काँग्रेसका नेता रमेश लेखकले कञ्चनपुरको मझागाउँस्थित विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । उनले  शनिबार बिहान मन्त्री आलेलाई भेटेर विमानस्थल बनाउने योजना आफू भौतिक पूर्वाधारमन्त्री भएका बेला नै अगाडि सारेको भएपनि हालसम्म कामले गति नलिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । 

मन्त्री आलेले विमानस्थलका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको बताउँदै चाँडै विमानस्थलको शिलान्यास गरिने आश्वासन दिएका छन् । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update