Sagun Khabar
पाटन बहुमुखी क्याम्पसमा शौचालयको उचित व्यवस्था नहुँदा समस्या 

बैतडी–बैतडीको पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा उचित शौचालयको व्यवस्था नहुँदा अप्ठ्यारो भएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले बताएका छन् । उचित शौचालय नहुँदा शौच गर्नका लागि नजिक कोठा भएका साथीहरुको कोठामा जानुपर्ने बाध्यता रही आएको छात्रा जयन्ती अवस्थीले बताइन् । उनले भनिन् ‘हामी क्याम्पसमा धेरै जसो छात्राहरु छौं । तर शौचालयको व्यवस्था नहुँदा हामीहरुलाई धेरै समस्या भएको छ ।’

क्याम्पसमा शौचालयको उचित व्यवस्थापन नहुँदा निकै समस्या हुने गरेको अर्की छात्रा शान्ति बिष्टले बताइन् । उनले भनिन् ‘क्याम्पसमा शौचालयको व्यवस्था नहुँदा हामीहरुलाई धेरै समस्या भएको छ । महिनावारी भएको बेला झन् समस्या हुने गरेको छ ।’

Atrya hospital

भएका शौचालयहरुमा पनि पानीको व्यवस्थापन नहुँदा शौचालय जानै नसकिने अवस्था रहेको विद्यार्थीहरुले बताएका छन् । 

जिल्लाको पुरानो क्याम्पसको रुपमा रहेको पाटन बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक कयाम्पस पनि हो । तर भौतिक व्यवस्थापन भने क्याम्पसमा निकै समस्या रहेको छ । 

क्याम्पसमा शौचालय रहेका तर पानीको अभावमा सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख उत्तम भण्डारीले बताए । क्याम्पसमा शौचालयको समस्या समाधानका लागि पहल भईरहेको उनले दाबी गरे । 

रेडियो निङ्गलाशैनीले केही दिन पहिला आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले शौचालयको व्यवस्थापन नहुँदा समस्या भएको गुनासो गरेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update