Sagun Khabar
भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा अछामका एक बालकको मृत्यु 
Atrya hospital

कैलाली –भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।  बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरको बस भारतको लखिमपुर भिरा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

दुर्घटनामा परी अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ महिने बालक विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका बुवा केशर थापा र आमा रत्ना थापा रोजगारीका लागि भारत गईरहेका थिए । दुर्घटनामा परेर अन्य ५ जना घाइते भएका छन् । 

उक्त गाडीमा सवार १६ जना भने नेपाल फर्केका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । 
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update