बैतडी–बैतडीमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय वृद्धको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
बिहीबार मात्रै अस्पतालमा भर्ना भएका ती वृद्धमा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, पुस ३, २०७८ ०७:१८
प्रतिक्रिया दिनुहोस्