बैतडी –बैतडीमा आज थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका १ का ८५ बर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । जिल्लामा अहिले ३ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन भित्रिएसंगै बैतडीमा पनि सीमा नाकामा कडाई गरिएको छ । भारतबाट फर्किने हरेका नागरिकको सीमामा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन उनले आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८ १६:१९
प्रतिक्रिया दिनुहोस्