बैतडी –नेकपा (एकीकृत समाजवादी) ले बैतडीका १० ओटै स्थानीय तहमा पालिकास्तरीय कमिटि गठन गरेको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत सो कार्य सम्पन्न भएको नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले जानकारी दिए ।
शिवनाथ गाउँपालिकामा वीरभान मेहताको अध्यक्षतामा पालिका कमिटी गठन गरिएको छ भने पञ्चेश्वरमा हिक्मतसिंह भण्डारीको अध्यक्षतामा पालिकास्तरीय कमिटि गठन गरिएको छ ।
यस्तै डिलाशैनीमा दीपक धामी र सिगासमा खेमसिंह धामीको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ । पाटन नगरपालिकामा लोकेन्द्र विष्ट र दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा पालिकास्तरीय कमिटि गठन गरिएको पोलिटब्युरो सदस्य भट्टले बताए ।
सुर्नयामा दिनेशप्रसाद भट्ट र दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा पालिकास्तरीय कमिटि गठन गरिएको छ । यस्तै पुर्चौडीमा रमेश बोहरा र मेलौलीमा भीम भट्टको अध्यक्षतामा कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
पालिकास्तरीय कमिटि गठन गरेपछि अब संगठन विस्तार अभियानलाई तिव्रता दिने नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिए ।