Sagun Khabar
बैतडीमा सवारी दुर्घटना बढ्दै, मंसिरमा सवारी दुर्घटनमा ११ जनाको ज्यान गयो 
फाइल फोटो

बैतडी –बैतडीमा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएका छन् । गएको मंसिरमा मात्रै जिल्लाभरी सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए । 

मंसिर महिनामात्रै ४ ओटा सवारी दुर्घटना भएका र त्यसमा परेर ११ जनाको निधन भएको उनले बताए । यस्तै एक महिनाको अवधिमा सवारी दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । 

Atrya hospital

चालकले मादक पदार्थ सेवन गर्नु, तीव्र गतिमा सवारी साधन हाक्नु, ट्राफिक नियमको उल्लंघन गर्ने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका प्रहरी सहायक निरीक्षक रावलले बताए  । पक्की सडकको तुलनामा ग्रामीण कच्ची सडकमा बढी सवारी दुर्घटना हुने गरेको रावलले बताए । 

जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थालेको छ । चालकहरुलाई सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका बारेमा जानकारी दिने गरिएको रावलले बताए । 

यस्तै जिल्लाभरी ट्राफिक प्रहरीले चेकजाँच समेत बढाएको रावलले बताए । सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना अभियान समेत सञ्चालन गरेको रावलले बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update