Sagun Khabar
बैतडीमा बुहारीमाथि बलात्कारको आरोप लागेका ससुरा फरार, हाडनाता मुद्दा दर्ता 

बैतडी –बैतडीमा आफ्नै बुहारीमाथि बलात्कार आरोप लागेका सिगास गाउँपालिकाका मानसिंह धामी फरार भएका छन् । बुहारीमाथि बलात्कार आरोप लागेपछि उनी फरार भएका हुन् । 

आफ्नै बुहारीमाथि बलात्कार गरेर बुहारी गर्भवती भएपछि उनले बलात्कार गरेको कुरा बाहिर आएको थियो । तर प्रहरीमा भने बलात्कारको मुद्दा नभनेकाले प्रहरीले सो मुद्दामा अनुसन्धान नगरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

Atrya hospital

ससुराबाट बलात्कृत ती बुहारीले आज जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरेको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराले बताए । अदालतले अब २१ दिने म्याद जारी गर्ने उनले बताए । 

गत बर्ष ती महिलाकी छोरीमाथि पनि बलात्कार भएको थियो । ती किशोरीकै जन्मदर्ताका आधारमा मुद्दा दर्ता भएको हो । 
यसअघि ती महिलालाई सिगास गाउँपालिका वडा नं ५ को कार्यालयले सिफारिश नदिँदा मुद्दा दर्ता भएको थिएन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update