Sagun Khabar
बैतडीमा अपांगता भएकी एक किशोरीलाई घरमै पुगेर नागरिकता 
Atrya hospital

बैतडी –बैतडीमा अपांगता भएकी एक किशोरीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी १८ बर्षीया करिश्मा बोहरालाई उनको घरमै पुगेर आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

पूर्ण रुपमा शारीरिक अपांगता भएकी करिश्मालाई जिल्ला प्रशासन पुग्न अप्ठ्यारो हुने भएकाले आफूहरुले उनको घरमै पुगेर नागरिकता प्रदान गरेको भारतीले बताए । घरबाटै करिश्माले कक्षा १२ उत्तीर्ण गरिसकेकी छिन् । 

दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका पूर्णबहादुर बोहराका ४ जना छोराछोरी मध्ये तीनजना पूर्ण रुपमा शारीरिक अपांगता भएका छन् । उनीहरुलाई शिक्षा दिक्षा प्रदान गर्न अहिले बोहरा परिवारलाई निकै समस्या भईरहेको छ । अपांगमैत्री संरचना नहुँदा विद्यालय पठाउन नसकिएको करिश्माका बुवा पूर्णबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update