Sagun Khabar
कांग्रेसको १४ औं महाधिवेशनमा सुदूरपश्चिमबाट सभापति सहित विभिन्न पदमा नेताहरुको उम्मेद्वारी 

बैतडी – नेपाली काँग्रेसको जारी १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट सभापतिसहित विभिन्न पदमा दर्जन बढी नेताले उम्मेदवारी दिएका छन् । केन्द्रीय सभापति, उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा दर्जन बढी नेताको उम्मेदवारी परेको हो ।  सभापतिमा डडेल्धुरा गृहजिल्ला भएका वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ ।

उपसभापतिमा दिवेश्वरी शाह र सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । शाहले निधि प्यानलबाट र पाण्डेले शेखर कोइराला प्यानलबाट उम्मेद्वारी दर्ता गराएका छन् । 

Atrya hospital

यस्तै केन्द्रीय सदस्यमा नेता एनपी साउद, रमेश लेखक लगायत दर्जन बढी नेताले उम्मेदवारी दिएका छन् । साउदले महामन्त्रीमा दाबी गर्दै आएका थिए भने देउवा पक्षबाट महामन्त्री नपाएपछि केन्द्रीय सदस्यमा उम्मेद्वारी  दिएका हुन् । 

यस्तै केन्द्रीय सदस्य खुलातर्फ नैनसिंह महर, आरजु राणा देउवा, दिलेन्द्र बडू, विजय स्वार, क्षितिज भण्डारी, तिर्थ रावल, जनक गिरी, भरत शाही र कमल शाहले उम्मेद्वारी  दर्ता गरेका छन् । 

थारु केन्द्रीय सदस्यमा रामजनम चौधरीले उम्मेद्वारी  दिएका छन् । यस्तै भूगोलतर्फ कैलालीका डा. रणबहादुर रावल, कञ्चनपुरका यज्ञराज जोशी तथा महिलातर्फ सुशीला मिश्र भट्टको उम्मेद्वारी  परेको छ । उनीहरु तीनै जनाले संस्थापन समूहबाट उम्मेद्वारी  दिएका हुन् । 

प्रदेशबाट दुई पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । यस्तै भूगोलकै महिलातर्फ चन्दा जोशी र रमिता देउवाको पनि उम्मेदवारी परेको छ । यस्तै भूगोलतर्फ भक्तबहादुर बलायर, गणेश भट्ट, जिवनसिंह बिष्ट, जगतप्रसाद जोशी, भरतबहादुर खड्का, दिवानसिंह विष्ट, पुष्करराज ओझा र गोविन्द बोहराको पनि उम्मेदवारी परेको छ ।

यस्तै संस्थापन पक्षबाटै बझाङका अर्जुनजंगबहादुर सिंहले उम्मेदवारी दिएका छन् । धनगढीका उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, प्रदेशसभा सदस्य टेकबहादुर रैका, पदम नेपाली र रमेश ताम्राकारले दलित समावेशीतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update