Sagun Khabar
बैतडीमा पनि (१२–१७) उमेरका बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने 

बैतडी –बैतडीमा पनि आगामी पौष ४ गतेदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको र यो अभियान बैतडीमा पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । 

१२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई मोर्डना खोप दिइने भट्टले जानकारी दिए । बैतडीमा ३५ देखि ४० हजार बालबालिका १२ देखि १७ बर्ष उमेर समूहका रहेको अनुमान गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन आइतबार स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुसंग भर्चुअल मिटिङको तयारी समेत भएको भट्टले बताए । 

Atrya hospital

स्वास्थ्य शाखा प्रमुखहरुसंगको मिटिङपछि कुन कुन पालिकामा कहिले र कुन ठाउँमा खोप लगाउने भन्ने बिषयमा यकिन हुने भट्टले बताए । बैतडीमा १८ बर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनका लागि तयारी भईरहेको उनले बताए । 

मोर्डना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोश्रो मात्रा लगाउने भट्टले जानकारी दिए । बैतडीमा अहिले सम्म ९० हजार नागरिकले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ६० हजार नागरिकले पूर्ण खोप लगाएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update