Sagun Khabar
बैतडीका ८ स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी)को कमिटि गठन 
Atrya hospital

बैतडी –नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका १० स्थानीय तह मध्ये आठओटा स्थानीय तहमा पालिकास्तरीय कमिटि गठन गरिसकिएको नेकपा (एस) बैतडीले जनाएको छ । अहिलेसम्म डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको पार्टीका जिल्लाअध्यक्ष महादेव भट्टले जानकारी दिए । 

डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ भने पाटन नगरपालिकामा लोकेन्द्र विष्टको अध्यक्षतामा ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१ सदस्यीय, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५सदस्यीय, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७ सदस्यीय, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१सदस्यीय, र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो । 

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मंसिर महिनाभित्रै पालिकास्तरीय कमिटि गठन गरिने अध्यक्ष भट्टले बताए । एमालेसँग विभाजन भएपछि आफ्नो पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिएको नेकपा एसका केन्द्रिय सदस्य माया भट्टले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update