Sagun Khabar
बैतडीका दुई स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणापछि स्थानीय नागरिक खुसी 

बैतडी–सरकारले विपद्बाट प्रभावित भएका सिगास र शिवनाथ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीयबासीहरु खुसी भएका छन् । गएको कार्तिकमा परेको बेमौसमी बर्षाले क्षति पुर्याएका ठाउँलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर पुननिर्माण र पुनःस्थापना काम हुने भएकाले स्थानीयहरु खुसी भएका हुन् । 

सेती नदीको बाढीले सिगासका विभिन्न ठाउँमा क्षति पुर्याएको र संकटग्रस्त क्षेत्र घोषणा भएपछि अब केही कार्यक्रम सञ्चालन हुने आसा पलाएको स्थानीय पदम रोकायाले बताए । उनले भने ‘कार्तिकमा परेको बेमौसमी बर्षाले हाम्रो क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । अब सरकारले केही काम गर्छ कि भन्ने आसा पलाएको छ ।’

Atrya hospital

संकटग्रस्त क्षेत्र घोषणा भएका क्षति पुगेको भौतिक संरचना पुननिर्माण हुने आसा पलाएको सिगासका अर्का स्थानीय पदम साउँदले बताए । उनले भने ‘बाढीले हाम्रो क्षेत्रमा बाटोघाटो पुलपुलेसा बगाएको छ । संकटग्रस्त क्षेत्र घोषणा भएपछि अब भौतिक संरचनाको पनि पुनःनिर्माण हुने आसा गरेका छौं ।’

गत कार्तिकमा परेको बेमौसमी बर्षाले सबैभन्दा बढी सिगास र शिवनाथ गाउँपालिकामा क्षति पुर्याएको थियो । विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि अब ती क्षेत्रहरुमा विभिन्न निर्माणका काम अघि बढ्ने लामो समयदेखि विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्द जोशीले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोले जिल्लाभरी पुर्याएको क्षतिको विवरण संकलन गरेर केन्द्रमा पठाएको र विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि अब राहत, पुर्नस्थापना र पुननिर्माणका काम शुरु हुने निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update