Sagun Khabar
नेपाल राष्ट्रिय माविको ६० औं बार्षिकोत्सव, अध्यक्ष अक्षय कोष स्थापना 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि ग्वानीको ६० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका शिक्षा शाखा शिक्षा शाखामा कार्यरत श्रोत व्यक्ति मदनराज पन्त प्रमुख अतिथी रहेका थिए । समारोहमा नेकपा एमालेका नेता मोहनबहादुर बिष्ट विशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयको आयव्यय विवरण प्रस्तुत गरिएको थियो । सो अनुसार विद्यालयको कुल आय १ करोड ३१ लाख ५ हजार ५९२ र कुल व्यय १ करोड २ लाख ७२ हजार ६९९ रहेको छ । 

Atrya hospital

बार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला बिष्टले १० हजारको अध्यक्ष कोषको स्थापना गरेकी छिन् । उनले आजै १० हजारको चेक विद्यालयका प्रधानाध्यापक राजेन्द्र बिष्टलाई हस्तान्तरण गरेकी हुन् । 

अक्षय कोषबाट प्राप्त ब्याजको रकमले टुहरा तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री दिने उद्देश्यले अक्षय कोष स्थापना गरेको व्यवस्थापन समिति अध्यक्ष बिष्टले बताइन् । उनले भनिन् ‘हामीले यो शुरुवात गरेका हौं । यो कोषमा रकम जमा गरेर समेत सहयोग गर्न सकिनेछ ।’
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update