Sagun Khabar
प्रयोगात्मक कक्षामा बैतडीको कुलाउ माविका विद्यार्थीले साबुन उत्पादन गरे 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित कुलाउ माविका विद्यार्थीहरुले प्रयोगात्मक कक्षामा साबुन उत्पादन गरेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विज्ञान बिषयको प्रयोगात्मक कक्षामा साबुन उत्पादन गरेको कुलाउ माविका विज्ञान शिक्षक शिवराज कलौनीले बताए । 

कास्टिक सोडाको प्रयोग गरेर साबुन निर्माण गरेको शिक्षक कलौनीले बताए । प्रयोगात्मक कक्षामा विद्यार्थीहरुको जीवनमा काम लाग्ने खालको सीप भएकाले साबुन उत्पादन गरेको उनले बताए । 

Atrya hospital

विद्यार्थीहरुको सहभागिता २ सय गोटा लुगा धुने साबुन उत्पादन गरिएको र यो सीप सबै विद्यार्थीले सिकेको शिक्षक कलौनीले दाबी गरे । 

विद्यार्थीहरुमा प्रयोगात्मक सीपको विकास गर्नका लागि आफूहरुले साबुन उत्पादन गरेको शिक्षक कलौनीले बताए । साबुन निर्माण गर्ने सीप सिकेपछि विद्यार्थीहरु पनि खुसी भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update