Sagun Khabar
कोरोना कहर : बैतडीको भुमेश्वर मावि थप तीन दिनका लागि बन्द 

बैतडी –बैतडीको पाटन नगरपालिका ४ स्थित भुमेश्वर माविमा अध्ययनरत थप एकजना छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका लागि फेरी विद्यालय बन्द गरिएको छ । यही मंसिर १९ गतेदेखि मंसिर २१ गते सम्म विद्यालय बन्द गरिएकोमा एकजना छात्रामा फेरी कोरोना पुष्टि भएकाले मंसिर २४ गते सम्मका लागि विद्यालय बन्द गरिएको भुमेश्वर माविले जनाएको छ । 

संक्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीनदिन विद्यालय बन्द गरिएको विद्यालयकी शिक्षिका सुशीला भण्डारीले बताइन् । 

Atrya hospital

यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मंसिर १७ गते कोरोना देखिएपछि मंसिर १९ गतेदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको थियो ।  थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरी तीन दिनका लागि बन्द गरिएको शिक्षिका भण्डारीले बताइन् । 

केही महिना यता सक्रिय संक्रमित शुन्य रहेको बैतडीमा अहिले ४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update