Sagun Khabar
बैतडीको दोगडाकेदारमा महिला स्वास्थ्य स्वयंसेविकलाई प्रोत्साहन भत्ता 
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा पारेर पालिकाभित्र रहेका स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ८ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनक कलौनीले बताए । 

पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बजेट विनियोजन गरेर प्रोत्साहन भत्ता वितरण गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 

दोगडाकेदार गाउँपालिकामा ८७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफ्नो काममा प्रोत्साहित गर्न भत्ता वितरण गरिएको कलौनीले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update