Sagun Khabar
नेकपा (एस)को पाटन अध्यक्षमा बिष्ट 

बैतडी – नेकपा (एकीकृत समाजवादी) पार्टीले बैतडीको पाटन नगरपालिकामा नगरकमिटि चयन गरेको छ । शनिबार भएको अधिवेशनले लोकेन्द्र बिष्टको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटि चयन गरेको हो । 

सो कमिटिको उपाध्यक्षमा प्रदीप बोहरा र राम भुल, सचिवमा गणेश पन्त, सहसचिवमा रितु भट्टराई, शिवराज भट्ट र हरिना भट्ट रहेका छन् । 

Atrya hospital

अधिवेशनमा नेकपा (एस)का पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रिय सदस्य माया भट्ट, केन्द्रिय सदस्य नरेन्द्र बिष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट लगायतको सहभागिता रहेको थियो । 

नेकपा (एस)ले अहिले सम्म ६ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर पालिका कमिटि गठन गरिसकेको जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update