Sagun Khabar
सुदूरपश्चिम प्रदेशमा बलायर र मिश्रबीच सभापतिका लागि प्रतिस्पर्धा हुने 

बैतडी –नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिका लागि संस्थापन पक्षबाट बीरबहादुर बलायर सर्वसम्मत उम्मेद्वार चयन भएका छन् । संस्थापन इतर पक्षबाट भने सभापतिका लागि नारायणदत्त मिश्रको उम्मेद्वारी रहेको छ । 

संस्थापन पक्षले प्रदेशको उपसभापतिमा लोकराज अवस्थी (बैतडी), जनक चौधरी (कैलाली) महामन्त्री पदमा नरनारायण शाह (कैलाली), मेघराज खड्का (अछाम), सह–महामन्त्रीमा अम्बिका चलाउने(अछाम) र गोपालदत्त भट्ट (कञ्चनपुर) लाई उम्मेदवार बनाएको छ । 

Atrya hospital

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट भएका छन् । 

सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि दुवै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update