Sagun Khabar
बैतडीमा माओवादी केन्द्रको वडा सम्मेलन जारी ,सुर्नया ६ को अध्यक्षमा अवस्थी 
Atrya hospital

बैतडी –नेकपा माओवादी केन्द्रको वडा सम्मेलन जारी रहेको छ । जिल्लाका धेरै जसो वडामा सम्मेलन सम्पन्न भईसकेको माओवादी केन्द्र बैतडीले जनाएको छ । 

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ६ मा सोमबार सम्पन्न भएको सम्मेलनले राजेन्द्रप्रसाद अवस्थीको अध्यक्षतामा २९ सदस्यी वडा कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटिको उपाध्यक्षमा रमेश दमाई, सचिवमा शंकरबहादुर कुँवर, कोषाध्यक्षमा पार्वती लुहार, सहसचिवमा धनीदत्त अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् । 

पार्टी संगठनलाई बलियो बनाउन वडा कमिटिले संगठन विस्तारमा ध्यान दिने वडा कमिटि अध्यक्ष अवस्थीले बताए । वडा सम्मेलनमा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य रामबहादुर बिष्ट र भगतबहादुर कुँवरको समेत सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update