Sagun Khabar
बैतडीको पञ्चेश्वर कांग्रेसको निर्णय– पार्टी एकढिक्का नभएसम्म अधिवेशन नगर्ने 

बैतडी –नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको छ ।

कार्यसमितिको शनिबार बसेको बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने निर्णय सर्वसम्मत पारित गरिएको कांग्रेस पञ्चेश्वरका सभापतिच रामबहादुर चन्दले बताए । उनले भने, ‘पार्टी एकढिक्का भएर नआएसम्म कुनै तहको पनि अधिवेशन नगर्ने निर्णय गरेका छौं ।’

चार वडाका सभापतिहरू, स्थानीय तह निर्वाचन २०७९ र २०७४ मा पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका नेतासहितको बैठकले उक्त निर्णय गरेको सभापति चन्दले बताए । 

कांग्रेसको १५ औं महाधिवेशनका लागि संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका ल्याएका छन् । संस्थापनले असोज ३ र ४ गते वडा अधिवेशन तोकेको छ ।

यस्तै, पूर्वसभापति शेरबहादुर देउवाको समूहले आगामी असोज १५ मा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

शुक्रबारमात्रै कांग्रेसका दुई दर्जन नेताहरूले अपिलमार्फत दुवै समूहलाई कार्यतालिका स्थगित गरेर एकताका लागि वार्ता गर्न आग्रह गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update