Sagun Khabar
बडुवाल हत्याका दोषीलाई कारवाही गर्न राप्रपा बैतडीको माग 
Atrya hospital

बैतडी–राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले कैलालीका भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने माग गरेको छ । राप्रपाका नेता डम्मरबहादुर बडुवालका छोरा भुपेन्द्रको हत्या भएको र त्यसको लागि किटानी जाहेरी समेत दिईसकेको अवस्थामा कारवाही नभएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ । 

दोषीलाई कारवाही गर्न कैलाली प्रशासनले चासो नदेखाएको भन्दै राप्रपाले जिल्ला प्रशासन कार्यालय बैतडी मार्फत गृहमन्त्रीलाई ज्ञापन बुझाएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । 

बडुवालको कार्तिक २१ गते राती सामूहिक रुपमा हत्या भएको भएपनि अहिले सम्म दोषीलाई गिरफ्तार गरी कारवाही गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बडुवालको हत्यामा संलग्न दोषीलाई कारवाही नगरे राप्रपाले देशभर आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update