
बैतडी–बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका पत्रकार आशिष मालले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार रहेका थिए भन्ने कुरा एकीन भएको छैन् ।
जिप सडकबाट ५सय मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८ २०:५७
प्रतिक्रिया दिनुहोस्