Sagun Khabar
बैतडी : (ख) क्षेत्रको प्रदेश प्रतिनिधिमा चन्द प्यानलबाट १७ जना विजयी, भट्ट प्यानल शुन्य  

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं (ख) मा १७ जना प्रदेश अधिवेशन प्रतिनिधि विजयी भएका छन् । विजयी भएका सबै चतुरबहादुर चन्द प्यानलका उम्मेद्वार रहेका बताइएको छ । क्षेत्र नं (ख) मा भट्ट प्यानलबाट प्रदेश अधिवेशन प्रतिनिधिमा कोही पनि विजयी नभएको बताइएको छ । 

चन्द प्यानलबाट टेकराज जोशी, ध्वजबहादुर कार्की, नरेन्द्रसिंह भण्डारी, प्रकाशबहादुर चन्द, मानबहादुर भाट, शेरबहादुर चन्द र सुदर्शन बोहरा प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

यस्तै कमला चन्द, जयन्ती बोहरा, राजु भट्ट, नरेन्द्रदत्त जोशी, प्रयागराज भट्ट, भीम नाथ, प्रेरणा शाही थापा, सुनिता कुमारी धामी, गणेश दमाई र लक्ष्मणदत्त पन्त पनि चन्द प्यानलबाटै प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका मतदान अधिकृत घनश्याम लेखकले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update