Sagun Khabar
बैतडीमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको नेतृत्वका लागी मत गणना जारी, चतुरबहादुर चन्द प्यानलको अग्रता

बैतडीमा नेपाली कांग्रेसको चौधौं जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि मत गणना भइरहेको छ । जसमा प्रदेश सभा क्षेत्र क का लागि शिवराज भट्ट नेतृत्वको प्यानलबाट सभापतिमा विष्णुप्रसाद भट्टको पक्षमा ४१ मत खसेको छ भने । चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा हिमालयबहादुर बमको पक्षमा  ६०  मत खसेको छ ।

 यस्तै प्रदेश सभा क्षेत्र ख अन्तरगत  चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा शिवराज भट्टको पक्षमा ३५ र शिवराज भट्ट प्यानलबाट सभापतिमा महेशदत्त भट्टको पक्षमा ३४ मत खसेको छ । मतगणना अहिले चलिरहेको छ ताजा अपडेट सहित मतपरिणाम हेर्न सगुन खबर हेर्दै गर्नुहोला ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update