Sagun Khabar
बैतडीको पुर्चौंडीमा सोमबार सार्वजनिक बिदा 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ । कार्तिक २९ गते हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । 

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए । 

गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइन्छ । हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update