Sagun Khabar
नेकपा(एस)को संगठन बिस्तार कार्य जारी, द.न.पा.को नगर कमिटी अध्यक्षमा युवानेता ठगुन्ना

बैतडी-नेकपा (एकिकृत समाजबादी) पार्टीले बैतडीमा संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । पार्टीले आज जिल्लाको दशरथचन्द नगर पालिकाको अधिवेशन सम्पन्न गरेको छ । 

दशरथचन्द नगरपालिकामा दिनेश ठगुन्नाको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा गोमती नेपाली तथा गोपाल चन्द र सचिवमा सुरेन्द्र सिंह धामी चयन भएकाछन् । नगर कमिटीको उप सचिवमा रमेश प्रसाद भट्ट र परे नाथ चयन भएको पार्टी जिल्ला अध्यक्ष महादेव भट्टले बताए । 

Atrya hospital

यसैगरी जिल्लाको बिभिन्न वडाहरुमा पनी वडा कमिटि गठन गरिएकाछन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ८ मा वडा कमिटी गठन गरेको छ । महेन्द्र बिष्टको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटी गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य धनबहादुर कार्कीले बताए । नेकपा(एस)ले हालसम्म बैतडीका ४० बढी वडाहरुमा वडा कमिटी गठन गरिसकेको उनले बताए । 
यहि कात्तिक २८ गते मेलौली नगरपालिकामा अधिवेशन हुने नेकपा(एस) जिल्ला कमिटी सदस्य दिनेश भट्टले बताए । अहिले आफुहरु पार्टी सुदृढिकरणको अभियानमा लागेकोे उनले बताए । 

पार्टीको यहि ६ कात्तिक मा सम्पन्न विस्तारीत बैठकले ३ महिने पार्टी सुदृढिकरण अभियान चलाउने निर्णय गरेको थियो । 
सोही अनुसार अहिले वडा स्तरीय कमिटीहरु बिस्तार, जनवर्गिय कमिटीहरु गठन देखी सदस्यता वितरण तथा नविकरणको अभियानमा लागेको नेकपा (एस)का केन्द्रीय सदस्य तथा प्रदेश उप सचिव माँया भट्टले बताइन् ।

आफुहरु अहिले संगठन बिसतार संगै स्थानीय सरकारहरुमा भईरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी कार्यान्वयन पक्षलाई बलियो बनाउने लगायतका कार्यमा जुटेको उनले बताइन् ।

प्रदेश सभा सांसद तथा पुर्व उद्योग पर्यटन बन तथा वातावरण मन्त्री समेत रहेकी भट्टले भनिन् ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै आम जनताका साना देखि ठुला मुद्दाहरुमा केन्द्रत भएकाछौँ ।’
नेतृ भट्ट दशरथचन्द नगरपालिकामा भएको नगर अधिवेशनको प्रमुख अतिथी रहेकी थिइन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update