Sagun Khabar
सामुदायिक रेडियो सगुनले आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने 

बैतडी–मिसन पर्यटन संघद्वारा सञ्चालन भई बैतडीमा परीक्षण प्रशारणमा रहेको सामुदायिक रेडियो सगुन ८९.५ मेगाहर्जले आधारभूत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । 

आवाज विहिनहरुको आवाज भन्ने मूल नारा लिएर सञ्चालनमा आएको रेडियोले आधारभूत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने तयारी गरेको रेडियोका अध्यक्ष महेश अवस्थीले बताए । 

तालिम सञ्चालनका लागि आवेदन आह्वान गरेको र कार्तिक मसान्तभित्र फारम भर्न सकिने रेडियोले जनाएको छ । उनले भने ‘आवेदकहरुले अनलाइन फारम समेत भर्न सक्नेछन् ।’

कम्तीमा एसईई उत्तीर्ण गरेका नेपाली नागरिकहरुले तालिममा सहभागिता जनाउन सक्नेछन् भने तालिमका उत्कृष्ट सहभागीहरुले रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सगुन ८९.५ मेगाहर्जमा कर्मचारी रुपमा काम गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष अवस्थीले बताए । 

यसका साथै बैतडीका प्रत्येक स्थानीय तहमा एक ÷एक जना सम्वाददाता राख्ने तयारी समेत भएको अध्यक्ष अवस्थीले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update