Sagun Khabar
महाकालीमा बेपत्ता भएका बैतडीका सन्दीप अझै फेला परेनन् 
Atrya hospital

बैतडी –महाकाली नदीमा बुधबार डुंगा पल्टेर बेपत्ता भएका बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ का ८ बर्षीय सन्दीप साउँद अझै पेला परेका छैनन् । बुधबार साँझ शिवनाथबाट भारतको पञ्जाब जानका लागि आमाबुवा र दीदीसंगै हिडेका सन्दीप डुंगा पल्टेर महाकालीमा बेपत्ता भएका हुन् । 

उनकी दीदी १२ बर्षीया मीना साउँदको भने शव फेला परीसकेको छ । १० जना सवार डुंगा पल्टिँदा ८ जना पौडिन सफल भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । सन्दीपको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update