Sagun Khabar
बैतडीका ८ वडामा एमालेको अधिवेशन सम्पन्न, बाँकी वडामा भोली अधिवेशन हुने 
Atrya hospital

बैतडी –बैतडीमा नेकपा एमालेले ८ ओटा वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले वडाहरुमा नयाँ नेतृत्व चयन गरेको एमाले कार्यालय सचिव सरस्वती नेपालीले बताइन् । 

दोगडाकेदार गाउँपालिकाका ७ वडा र दशरथचन्द नगरपालिकाको वडा नं ७ मा अधिवेशन सम्पन्न भएको उनले बताइन् । अधिवेशन भएका ८ ओटै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको नेपालीले बताइन् । 

बैतडीमा बाँकी रहेका ७६ वडामा भोली (शुक्रबार) एकैदिन अधिवेशन सम्पन्न गर्ने तयारी भएको कार्यालय सचिव नेपालीले बताइन् । अधिवेशनका लागि सबै वडामा तयारी पूरा भईसकेको उनले बताइन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update