Sagun Khabar
नेपालमा काेराेना सङ्क्रमण दर ५ प्रतिशत नजिक झर्‍याे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशत नजिक झरेको छ ।

पीसीआर र एन्टिजेन विधि गरी ११ हजार तीन सय ५५ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये पाँच दशमलव दुई प्रतिशतमा सङ्क्रमण देखिएकाे हो ।

Atrya hospital

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ११ हजार चार सय सात जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार तीन सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार सात सय ८९ पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण दुई जनाकाे ज्यान गएकाे छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ८२ पुगेको छ ।

अहिले नेपालमा १० हजार दुई सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख एक हजार चार सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update