Sagun Khabar
चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि बैतडीका किसान चिन्तित 
Atrya hospital

बैतडी –बैतडीमा चितुवाले घरपालुवा पशुचौपाया खान थालेपछि बैतडीका किसानहरु चिन्तित बनेका छन् । दशरथचन्द नगरपालिका वडा नं ३ का विभिन्न स्थानमा चितुवाले बाख्र लगायतका घरपालुवा पशु खान थालेपछि चितुवा मानवबस्ती पस्न सक्ने डर भएको स्थानीय केशवबहादुर क्षेत्रीले बताए ।

चितुवाले एकैदिन दशरथचन्द नगरपालिका ३ कन्सिनाका गोपाल नाथले पालेका तीन बाख्रा खाएको क्षेत्रीले बताए ।चितुवाले घरपालुवा जनावर खान थालेपछि किसानहरु मार्कामा परेका छन् भने चितुवाको त्रास समेत गाउँमा फैलिएको उनले बताए ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update