Sagun Khabar
बैतडीमा राष्ट्रिय जनगणनाका लागि ३१५ जना गणक छनौट 

बैतडी –बैतडीमा राष्ट्रिय जनगणना २०७८ का लागि ३१५ जना गणक छनौट भएका छन् । जिल्लाभरीका स्थानीय तहमा मूल गणनका लागि ३१५ जना गणक छनौट भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले बताए । 

छनौटक भएका गणकहरुलाई तालिम दिएर जनगणनाका लागि खटाइने उनले बताए । यही कार्तिक १३ देखि १६ गते सम्म गणकहरुलाई तालिम दिने कार्यतालिका रहेको जिल्ला जनगणना अधिकारी पन्तले बताए ।

Atrya hospital

३१५ जना गणक मध्ये दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइनेछन् । यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१÷२१ जना गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाका गणकहरुको तालिम दशरथचन्द नगरपालिकामा हुनेछ भने डिलाशैनी र दोगडाकेदार गाउँपालिकाका गणकहरुको तालिम दोगडाकेदारमा सञ्चालन गरिनेछ । यसैगरी सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकहरुको तालिम पाटनमा हुनेछ भने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका गणकहरुको तालिम मेलौलीमा सञ्चालन हुनेछ ।  

छनौट भएका गणकहरु सहित ८० जना सुपरीवेक्षकहरुलाई पनि मूल गणनामा खटाइने जिल्ला जनगणना अधिकारी पन्तले बताए । उनीहरु सबैलाई जनगणनाका बेला सोधिने प्रश्नावलीका बिषयमा तालिममा जानकारी दिइने बताइएको छ । मूल गणनामा गणकहरु ८० ओटा प्रश्नावली सहित घरदैलोमा पुग्नेछन् । 

राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत कार्तिक २५ गतेदेखि मंसिर ९ गते सम्म मूल गणना हुने बताइएको छ । यसअघि राष्ट्रिय जनगणना अन्तर्गत बैतडीमा करीब ५० हजार घरधुरी सूचीकृत भएका थिए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update