Sagun Khabar
बैतडी डुंगा दुर्घटना : मृतक र बेपत्ता दीदीभाईको परिचय खुल्यो (अपडेट) 
फाइल फोटो

बैतडी –बैतडीमा बुधबार साँझ डुंगा दुर्घटनामा परेर मृत्यु र बेपत्ता भएका दीदीभाईको परिचय खुलेको छ । शिवनाथ गाउँपालिका १ स्थित खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटना हुँदा एकै घरका दुईजना दीदीभाई बेपत्ता भएका थिए । 

शिवनाथ गाउँपालिका १ का चक्रसिंह साउँदकी १२ बर्षीया छोरी मीना साउँदको शव फेला परीसकेको छ भने ८ बर्षीय छोरा सन्दीप साउँद बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

Atrya hospital

साउँद परिवारका ५ जना भारत तर्फ गईरहेका बेला महाकाली नदीमा ढुंगामा ठोक्किएर डुंगा पल्टिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । लामो समयदेखि भारतको पञ्जाब बस्दै आएका साउँद परिवार दशैंको पूजापछि भारत फर्किन लागेका उनले बताए । 

डुंगा दुर्घटनामा परी बेपत्ता भएका सन्दीपको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ । 

कोरोना भाइरसका कारण लकडाउन भएको बेलादेखि शिवनाथ गाउँपालिकाले घाट बन्द गरेको भएपनि महाकाली नदीमा पुल नहुँदा स्थानीयहरुले आवतजावतका लागि डुंगा प्रयोग गर्दै आएका छन् । सीमावर्ती भारतीय क्षेत्रमा जानका लागि स्थानीयहरुले जोखिम मोलेर डुंगाको प्रयोग गर्दै आईरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update