Sagun Khabar
बैतडीमा डुंगा दुर्घटना : मृत्यु हुने र बेपत्ता हुने सहोदर दीदीभाई (अपडेट) 

बैतडी–बैतडीमा डुंगा पल्टिँदा बेपत्ता भएका मध्ये एकजनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शिवनाथ गाउँपालिका १ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो । 

मृत्यु हुने र बेपत्ता हुने एकैघरका  दीदीभाई   रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । चक्रसिंह साउँदकी अन्दाजी १३ बर्षीया छोरीको शव फेला परेको र ८ बर्षीय छोरा बेपत्ता रहेका उनले बताए । उनीहरुको नाम भने खुल्न सकेको छैन् । 

Atrya hospital

चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दशैमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ । गाउँपालिकाले कोभीडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरेपनि स्थानीयहरुले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए । ‘हामीले कोभीडको समयदेखि घाट बन्द गरेका थियौं । तर स्थानीयहरुले आफूखुसी डुंगा चलाउँदा समस्या भएको छ ।’अध्यक्ष साउँदले भने, ‘साँझको समयमा साउँद परिवारले जसरी पनि पारी जानुपर्ने काम छ भनेपछि डुंगा चलाएको रहेछ । अहिले यस्तो दुखद घटना भयो ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले  बुधबार साँझ १० जना सवार डुंगा महाकालीमा पल्टिएको ती मध्ये ८ जना सकुशल रहेको जानकारी दिए । बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update