Sagun Khabar
वाग्मतीकाे मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दाबी पेस

मकवानपुर – वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै बेलुकी बुझाएका छन् ।  

उनको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

Atrya hospital

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते दिउँसो ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभए अनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका हुन् ।  

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update