Sagun Khabar
श्रीकोट बहुमुखी क्याम्पसको २० कोठे छात्रबास भवन उद्दघाटन 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमखी क्याम्पसको छात्रबास भवन आज उद्घाटन गरिएको छ । संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको छात्रबास भवनको आज संघीय सांसद दामोदर भण्डारीले उद्घाटन गरेको  क्याम्पस प्रमुख दानसिंह कार्कीले बताए ।

१७ कोठाहरु, २ हल, चमेनागृह र घेरपर्खाल सहितको दुई तले सुविधा सम्पन्न छात्रबास भवनको आज उद्घाटन गरिएको उनले बताए । 

Atrya hospital

छात्रबास भवन संघीय सरकारको १करोड ५२लाख र दोगडाकेदार गाउँपालिकाको १करोड ५२ लाख गरि ३करोड ४लाखको लागानिमा निर्माण गरिएको हो । 

उक्त क्याम्पसमा अहिले २ सय ५० बढी बिद्यार्थी अध्ययनरत रहेका छन् । टाढाका केही  बिद्यार्थीहरु आजै देखी छात्रबासमा बस्न थालेको क्याम्पस प्रमुख कार्कीले बताए । 

श्रीकोट बहुमुखी क्याम्पसमा अहिले बिएड, बिबिएस र एमएडको पढाइ सञ्चालनमा रहेको छ । आगामी दिनमा मानविकि संकाय र कम्प्युटर बिषयको पठनपाठन गर्ने योजना रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष जयदेब जोसीले बताए । 

जिल्लाकै मध्य भागमा रहेको उक्त क्याम्पस जगन्नाथ बहुमुखि क्याम्पस पछिको डिग्री सम्म पढाइहुने दोश्रो क्याम्पसका रुपमा रहेकाले बिद्यार्थीहरुको आर्कषण राम्रो रहेको उनले बताए । 

संचालक समिति अध्यक्ष जोसीको अध्यक्षतामा भएको भवन उद्दघाटन कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद दामोदर भण्डारी रहेका थिए । कार्यक्रममा बिशिष्ट अतिथी गाउँपालिका अध्यक्ष चक्र कार्की रहेका थिए ।

उद्दघाटन कार्यक्रममा बोल्दै सांसद  सांसद भण्डारीले क्याम्पसको सर्वागिंण विकासमा आफ्ना सहयोग रहने बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update