Sagun Khabar
बैतडी सदरमुकाममा खानेपानी सुचारु 

बैतडी – बैतडी सदरमुकाममा कार्तिक पहिलो सातादेखि अवरुद्ध भएको खानेपानी बुधबारदेखि सुचारु भएको छ । खानेपानीको मूहानमा पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको खानेपानी आजदेखि सुचारु भएको हो । 

आज बिहानदेखि धाराहरुमा पानि आएको गोठलापानिका व्यापारी यज्ञराज बोकटीले बताए ।  गएको १०दिन सम्म पानी अवरुद्ध हुँदा सदरमुकामबासी अन्यत्रबाट पानीको जोहो गर्न बाध्य भएकोमा आजदेखि धाराहरुमा पानी सुचारु भएको उनले बताए । उनले भने ‘आजदेखि धारामा पानी आएको छ । तर पार्याप्त मात्रामा आएको छैन् ।’ 

Atrya hospital

विगतमा जस्तो धारा नियमित पानी नआएर २० मिनेट मात्रै पानी सुचारु भएको बोकटीले बताए । जिल्ला सदरमुकाममा करिब ६ किलोमिटर टाढा रहेको माडखोला मूहानबाट खानेपानी ल्याइएको छ । बेमौसमी बर्षाका कारण मूहानमा पहिरो खस्दा १० दिनपछि पानी सुचारु गर्न सकिएको बैतडी नगर खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

सदरमुकाममा पानी सुचारु भएसंगै स्थानीयबासी र होटेल व्यवसायी खुसी भएका छन् । १० दिन सम्म पानीको जोहो गर्न निकै मुस्किल भएको अवस्थामा पानी सुचारु भएपछि स्थानीय खुसी भएका शाहिलेकका व्यापारी चेतराज पाण्डेयले बताए । 

खानेपानी योजनाको उपभोक्ता समिति, दशरथचन्द नगरपालिका र सुरक्षाकर्मीहरुको लगातार प्रयासले सदरमुकामको खानेपानी सुचारु भएको निमित्त प्रमुख जिल्ला अधिकारी अधिकृत खगेन्द्र भारतीले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update