Sagun Khabar
सामाजिक विकास कार्यालय बैतडीद्वारा चालु आर्थिक बर्षका कार्यक्रमको बारेमा जानकारी 

बैतडी –सामाजिक विकास कार्यालय बैतडीले चालु आर्थिक बर्षमा कार्यालय मार्फत सञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराएको छ । बुधबार सरोकारवालाहरुलाई बोलाएर कार्यालय मार्फत चालु आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराइएको हो । 

कार्यालयले भौतिक पूर्वाधार निर्माण तर्फ ९ ओट विद्यालय तथा क्याम्पसमा २ कोठे भवन निर्माण गर्ने जनाइएको छ । जसका लागि १ करोड ७९ लाख बजेट विनियोजन भएको सामाजिक विकास कार्यालयका प्रमुख शंकरदत्त जोशीले जानकारी दिए । 

Atrya hospital

यस्तै २० ओटा विद्यालय तथा क्याम्पसमा सूचना प्रविधि सहितका भौतिक संरचना सुधार कार्यक्रम सञ्चालनमा ल्याइने कार्यालय प्रमुख जोशीले बताए । यसका लागि २ करोड बजेट विनियोजन भएको उनले बताए । 

कार्यालयले अहिले सम्म पूँजीगत कार्यक्रमका लागि ४ करोड ३२ लाख ९४ हजारको अख्तियारी पाएको कार्यालय प्रमुख जोशीले जानकारी दिए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update