Sagun Khabar
धनगढीमा प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला 

कैलाली –धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुरबहादुर परियारले जानकरी दिए । 

Atrya hospital

यस्तै राजिव गुप्ताले भने सफाई पाएका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । 

२०७७ कार्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update