Sagun Khabar
बैतडीमा एकजनाको शव फेला 
Atrya hospital

बैतडी–बैतडीमा एकजनाको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

सोमबारदेखि घर नआएका पहरीका शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए । 

मृतक पहरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update