Sagun Khabar
बैतडीका ४ वडाहरुमा एमालेको वडा अधिवेशन सम्पन्न 

बैतडी-नेकपा एमाले बैतडीले आजसम्म बैतडीका ४वडामा पार्टीको वडा अधिवेशन सम्पन्न गरेको छ । हिजो र आज गरी जिल्लाको दोगडाकेदार गाउँपालिकाका ४ वडाको अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशन सम्पन्न भएका वडाहरुमा वडा न. २,३,४र वडा न.८ रहेकाछन् । 

दोगडाकेदार–२मा उमापति भट्टको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ । यसैगरी वडा न.३मा करनराम भुल, वडा न.४मा तर्कराज भट्ट र वडा न.८मा डम्बर बहादुर बिष्टको अध्यक्षतामा वडा कमिटिहरु बनाइएको पार्टीका गाउँपालिका कमिटि अध्यक्ष काशिसिंह बिष्टले बताए । ३१ सदस्यीय उक्त वडा कमिटिहरुमा कम्तिमा १०जना महिलाहरुलाई समावेश गरिएको उनले बताए । ८वडा रहेको दोगडाकेदार गाउँपालिकाको वडा न. ५र ७मा भोली अधिवेशन हुने बिष्टले बताए । 

Atrya hospital

नेकपा एमालले देशभर एकै पटक कात्तिक ६मा वडा अधिवेशन गर्ने भनिएकोमा बर्षाका कारण बाढी पहिरो प्रभावित जिल्लाहरुको वडा अधिवेशन सारिएको थियो । 

बैतडी जिल्लाका ८४ वडाहरु मध्ये बाँकी रहेका सबै वडाहरुमा कात्तिक १२ गते वडा अधिवेशन सम्पन्न गरिने पार्टीको बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update