Sagun Khabar
कसले बुझिदेला मुटुरोगी पार्वतीका दुःख

बैतडी-बैतडीको पाटन नगरपालिका वडा न. ५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठ्माण्डौँका अनुसार पार्वतीको मुटुको ३ भल्व फेर्नुपर्ने छ । 


उनलाई ६ लाख रुपँया र ४ जना रगत दान गर्ने मान्छे ल्याउनु भनिएको छ । तर उनि संग न रगत दिने मान्छे छन्, न पैषा छ । पैषा ५हजार मात्रै छ भने, त्यो पैषाले काठ्माण्डौँ सम्म पुग्न टिकट सम्म पुग्दैन् । 


पार्वतीका पति जनक ६४ बर्षका छन् । उनि समेत बेलाबेलामा हर्ट अटेक हुने र स्वास्थ्य निकै अवस्था कमजोर भएका ब्यक्ति हुन् । गाउँघरमा सिलाई पेषा अंगालेका जनक दम्पतिका ६ छोरी र एक ६बर्षका छोरा छन् । सिलाई पेषाबाट उनिहरुको पालनपोषण गर्नै मुस्किल छ । कसरी उपचार गराउने केहि सोच्नै सकेका छैनन् ।

Atrya hospital


जनक–पार्वती दम्पतिले उपचारकै क्रममा अहिलेसम्म आफ्नो खेतबारी बेचिसकेका छन् भने, १३लाख ५०हजार ऋण लागिसकेकाछन् । 


जनकले भने,‘श्रीमतिलाई बैतडी,डडेल्धुरा, धनगढी देखी काठ्माण्डौँका धेरै अस्पतालहरुमा पु¥याउँदा, उपचार खर्च होटलको बसाई, यातायात खर्च गरेर लाखौँ खर्च भैसकेको छ । अझ अहिले अप्रेसन खर्च मात्रै ६लाख लाग्छ भनेको छ । काठ्माण्डौँमा आफ्नो कोहिपनी छैन् । कहाँ बस्ने के खाने ? केहि सोच्न सकेका छैनौँ । साडे १३लाख रकम ऋण लागिसक्यो, कसरी तिर्ने केहि आधार छैन् ।’ आफुले सांग्रीला बैंकबाट ६लाख, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३लाख र गाउँघरबाट ४लाख ५०हजार ऋण निकालेको ठगुन्नाले बताए । 


मुटुरोग पीडित पार्वतीले भक्कानिदै भनिन्‘मलाई बाँच्ने आशा निकै कम छ । घरमा १२बर्षदेखि २०बर्ष सम्मका ६छोरी छन् । ६बर्षको १छोरा छ । दुबै बुढाबुढी बिरामी छौँ । मर्ने–बाँच्ने निश्चीत छैन् । ७छोराछोरी टुहुरा भए भने कसले हुर्काइदेला ? यहि चिन्ता छ । रातदिन रोएरै बिताउछौँ । आफु मुटुको बिरामी छु, काम केहि गर्न सक्दैन् ।’
 

मुटरोग यसरी पत्ता लाग्यो 
गत २०७७ माघ महिनामा पार्वती बिरामी भएर १५दिन घरमै थला परिन् । उनलाई स्थानीय मेडिकल र जिल्ला स्थीत प्राइभेट पोलिक्लिनिकहरुमा लगियो । त्यसपछि जिल्ला अस्पताल हुदैँ डडेल्धुरा अस्पताल, धनगढी स्थीत माया मेट्रो अस्पताल पु¥याई अन्तमा काठ्माण्डौँ लगियो । मुटुरोग पत्ता लागेपछि उनलाई उपचार सुुरु गरियो । अहिले पनी उनको सरीर झम्झमाउने, हिडडुल गर्न नसक्ने, बढी समय उभिन नसक्ने, सरीर दुखरिहने, सास फेर्न गाह्रो हुने, हातखुट्टा सुनिने लगायतको समस्या छ । उपचार गरौँ पैषा छैन्, लाखौँ ऋण लागिसक्यो, उपचार नगरु छोराछोरी कसले पालिदेला ? उनिहरुकै चिन्ता छ । पीडित पार्वतीले भनिन्, ‘मेरो छोरा १५बर्ष सम्मको पनी भैदेको भए केहि आसा हुन्थ्यो अब के गरु । कोहि म दुःखिलाई सहयोग गर्ने दाता हरु भैदिए उपचारमा सहयोगका सबैसंग लागि अनुरोध गर्छु ।’


मुटुरोगी पार्वतिको परिवारलाई पाटन नगरपालिकाले १५हजार रकम उपलब्ध गराएको र विपन्नताका कारण १लाख रकम उपचार शुल्कमा छुट गरिदिन सिफारिस गरेको पाटन–५का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । 


११ कात्तिकमा अप्रेसन हुने भन्दै काठ्माडौँ हिडेका ठगुन्ना दम्पति संग गाडीभाडा समेत नहुदाँ आज घनगढीमा रहेका पार्वतीका पति जनक ठगुन्नाले बताए । 


मुटुरोगि पार्वतीलाई सहयोग गर्न चाहने व्यक्तिहरुका लागि नेपाल इन्भेस्टमेण्ट बैंक सतबाँज बैतडीमा रहेको तपसिलको खाता नम्बरमा जम्मा गर्न सकिनेछ ।
नाम-पार्वती देवी ठगुन्ना 
खाता न-०६५०५०५०२५४६६३ 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update