Sagun Khabar
बाढीले क्षति पुर्याएको ईश्वरी गंगाधाममा नेपाली सेनाले सरसफाई गर्यो 

बैतडी–गतसाता परेको अविरल बर्षाका कारण नदीमा आएको बाढीले क्षति पुर्याएको ईश्वरीगंगा धाममा नेपाली सेनाले सरसफाई गरेको छ । बैतडीको मुख्य धार्मिक स्थलको रुपमा रहेको ईश्वरीगंगा धाममा खोलामा आएको बाढीले क्षति पुर्याएको थियो । 

Atrya hospital

धामका विभिन्न संरचनामा बाढी पसेर क्षति पुर्याएकाले बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले सो ठाउँमा सरसफाई गरेको गुल्मपति खीलबहादुर रानाले बताए । उनले भने ‘अस्तीको बर्षाले धामको केही संरचनामा क्षति पुर्याएको छ । बाढी पसेको ठाउँमा हाम्रो टोलीले सरसफाई गरेको छ ।’

ईश्वरीगंगा धाम व्यवस्थापन समितिको अनुरोधमा नेपाली सेनाले सोमबार धाम परिसरमा सरसफाई गरेको हो । जिल्लाको मुख्य धार्मिक सम्पदा भएकाले त्यसको संरक्षणका लागि सेनाले सहयोग गरेको गुल्मपति रानाले बताए । गतसाताको बाढीले धामका विभिन्न संरचनामा क्षति पुर्याउँदा दर्शनार्थीहरुलाई समस्या भएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update