Sagun Khabar
बैतडी कांग्रेसका नेताहरु पहिरो पीडित परिवारको घरदैलोमा 

बैतडी –नेपाली कांग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपिडीतको घरमा पुगेका छन् । पिडीतको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसंग थप राहतको माग गर्नका लागि बैतडीका कांग्रेस नेता कार्यकर्ताहरु पहिरोपिडीतको घरघरमा पुगेका हुन् । 

नेपाली कांग्रेसका सभापति नरेन्द्रसिंह थापा, उपसभापति चतुरबहादुर चन्द, कोषाध्यक्ष रमेश पाण्डेय, सचिव प्रेमबहादुर चन्द लगायतका नेता कार्यकर्ता पहिरोपीडितको घरमा पुगेका हुन् ।

Atrya hospital

कांग्रेस नेताहरुको टोलीले शिवनाथ गाउँपालिका वडा नम्वर ३,४,५ र ६ का पहिरोपिडीतको घरमा पुगेर भेटघाट गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव शिवराज भट्टले बताए । 

भेटका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहेका चतुरबहादुर चन्दले पिडीतको राहत तथा पुर्नस्थापनाको लागि सरकारसंग माग गर्ने बताए । 

यसका साथै नेपाली कांग्रेस प्रदेश सभा ख का क्षेत्रीय सभापतिका उम्मेदवार शिवराज भट्टले शिवनाथ ४ मा पहिरो पिडीत काली खत्रीको परिवारलाई व्यक्तिगत रुपमा पाँज हजार रुपैंया नगद सहयोग गरेका छन् । 

पहिरोले कालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । जिल्लाका अन्य स्थानका पहिरोपिडीतको घरमा पुग्ने समेत कार्यक्रम रहेको जनाइएको छ । 

गत साता परेको अविरल बर्षासंगै खसेको पहिरोले शिवनाथका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीको मृत्यु भएको थियो । यस्तै सुर्नया गाउँपालिका ५ की परुदेवी महराको पनि पहिरोमै पुरिएर मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update