Sagun Khabar
बैतडीमा भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा दिइने (सूची सहित) 

बैतडी –बैतडीमा भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा दिइने भएको छ । गत असोज ९ गतेदेखि पहिलो मात्रा लगाएका नागरिकलाई भोलीदेखि भेरोसेल खोपको दोश्रो मात्रा दिने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । 

खोप अभियान अन्तर्गत भोली र पर्सी पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा खोप लगाइनेछ । यस्तै कार्तिक १० र ११ गते शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप लगाइनेछ । 

Atrya hospital

यस्तै कार्तिक ११ र १२ गते पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । कार्तिक १४ र १५ गते सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रत्येक वडाका खोपकेन्द्र मार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  खोप लगाउन जाँदा भेरोसेल खोपको पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा खोपकेन्द्र लगेर जान आग्रह गरिएको छ । 

यस्तै स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गरिएको छ । बैतडीमा अहिले सम्म ५७ हजार नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update