Sagun Khabar
पत्रकार बिष्ट र मोडेल रानीको ‘दिल जलेनी’ सार्वजनिक (भिडियो सहित)

बैतडी –पत्रकार ध्रुब बिष्ट र मोडल शरू रानी रोकायाद्वारा अभिनित म्युजिक भिडियो ‘दिल जलेनी’ सार्वजनिक भएको छ । देउडा तथा आधुनिक गायक सुधिर जैरूको आफ्नै नाममा रहेको ‘सुधिर जैरू’ युट्युव च्यानलबाट आइतबार भिडियो सार्वजनिक भएको हो ।

स्वर्गीय मुकेश देवलको शब्द सिर्जनामा बनेको गीतमा स्वर र संगीत देउडा तथा आधुनिक गायक जैरूको रहेको छ ।
राजेश बाबु ताम्राकार निर्देशन गरेको भिडियोमा कथाले मागे अनुसार निर्देशक ताम्राकारले पनि अभिनयको पाटो समालेका छन भने साथमा गीता महताको पनि अभिनय रहेको छ ।

Atrya hospital

भिडियोको छाँयाङ्कन र सम्पादन श्रीराम फिल्मसका प्रबन्धक अमित विकले गरेका छन् । भिडियोका अधिकांश दृश्यहरूमा बैतडीको पाटन क्षेत्रका रमणीय भू–भागहरू समेटिएका छन् ।  डोटीको बुँडर झर्ना र छतिवन तालमा समेत छायाकंन गरिएको भिडियोमा बियोगान्त प्रेम कथाले स्थान पाएको निर्देशक ताम्राकारको भनाई छ ।

बिष्टले अभिनयमा आफ्ूले सानो प्रयास गरेकाले दर्शक श्रोताको हौसला पाएमा आगामी दिनमा यो क्षेत्रमा योगदान गर्ने चाहना रहेको बताएका छन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update