Sagun Khabar
सुदूरपश्चिममा बाढी, पहिरो : मृतकको संख्या ३७ पुग्यो, २२ जना अझै बेपत्ता 

बैतडी –बाढी पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गएको असोज ३१ गते रातीदेखि तीन दिन लगातार परेको बर्षाका कारण आएको बाढी पहिरोमा परेर उनीहरुको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । 

सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, कैलाली र अछाममा एक÷एक जनाको मृत्यु भएको छ । 

Atrya hospital

यस्तै बाढी पहिरोमा परेर १७ जना घाइते भएका छन् । घाइते मध्ये डोटीमा ११, डडेल्धुरा र बैतडीमा २÷२ तथा बझाङ र बाजुरामा १÷१ जना रहेका छन् । 

यस्तै प्रदेशभरी अझै पनि २२ जना बेपत्ता रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बझाङमा १९, कैलाली,बैतडी र डोटीमा एक÷एक जना बेपत्ता रहेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update