Sagun Khabar
घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकका ४५बर्षिय इश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए । उनलाई घरायसी बिवादमा स्थानीय केशवराज जोसीका छोराहरु २० बर्षीय रामदत्त जोसी र १८ बर्षीय तिलक जोसीले कुटपिट गरेका हुन् । 


कुटपिटबाट गम्भीर घाइते भएका इश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । कुटिएका व्यक्तिको उपचार सुरु भएपनी स्वास्थ्यका सुधार आएको छैन् भने, पिडक पक्ष विरुद्ध उजुरी परेको छैन् । 


गम्भीर घाइते इश्वरी दत्तको अहिले सम्म दुई पटक अप्रेसन गरिएपनी सफल नहुदाँ उनि अझै होसमा नआएको उनका ठुलाबुवाका छोरा नरेन्द्रदत्त जोसीले बताए । 

Atrya hospital


यसरी भयो घटना 
कुटपिट गर्ने रामदत्त र तिलकका जेठा दाई संग इश्वरीदत्तका भाइहरु भारतको बेङ्गलोरमा काम गर्दथे । भारतमा रहेका उनिहरु बीच मदिरा सेवन गरी झगडा भएको थियो रे । त्यहि रिसिबिलाई लिएर रामदत्त र तिलक फलामको रड बोकेर इश्वरीदत्तको घरमा पुगे घरायसी काम गरिरहेका उनलाई पछाडीबाट टाउकोमा हिर्काउदाँ उनि गम्भीर घाइते भएका हुन् । 


घाइते भएका उनि कपडाले टाउको बाँधेर १ घण्टा उकालो बाटो हिडेर स्वास्थ्यचौकी सम्म पुगे । संगै घटना बारे खोचलेक प्रहरीचौकीमा पनि खबर गरे । प्रहरीचौकीमा घाइतेको उपचार गराउने सहमती भएपछि उनलाई जिल्ला अस्पताल पठाइयो । जिल्ला अस्पतालमा समेत उपचार सम्भव नभएपछि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको हो । 


झगडाका क्रममा पिडक भनिएका रामदत्तलाई पनी चोट लागेको र दुवैजनाको संगै उपचार भैरहेको प्रहरीले जनाएको छ । तर पिडक रामदत्तको उपचार नभइरहेको इश्वरी दत्तका भाई नरेन्द्रदत्त जोसीले बताए । 


उनले भने ‘मन्दीरका पुजारी समेत रहेका गौरीदत्त जोसीको निर्देशनमा घटना भएको हो । उनले घरायसी झगडामा आफ्ना दुइजना नातिहरुलाई इश्वरीदत्तको घरमा कुट्न लगेका हुन् । काम गरिरहेको इश्वरीदत्तलाई पछाडीबाट हिर्काउदैँ घाइते बनाए ।’ इश्वरीदत्त घरमै बस्ने सिधासादा व्यक्ति भएको उनले बताए । घटनामा संलग्न दुवै पक्षको घर खोला वारीपारी १५मिनेटको दुरिमा रहेको छ । 


गभ्मीर घाइते इश्वरीदत्तको उपचार सम्भव हुने÷नहुने पक्का नभएको उनका भाइले बताए । ‘आज ४ दिन भैसक्यो स्वास्थ्य अवस्थामा केहि सुधार आएको छैन् । दाईले कसैलाई पनी चिनिरहेका छैनन्, टाउको, मुख, कम्मर, पेट लगायतका ठाउँमा गम्भीर चोट छ । टाउकोमा १८ टाँका लागेका छन् । दैनिक सवा २ लाख रकम खर्च भैरहेको छ । हालसम्म ७लाख बढीको बिल आइसक्यो । पिडक पक्षका व्यक्ति सम्पर्कमा छैनन् ।’ उनले भने । प्रहरीले पिडित पक्षले उपचार गराउने भनेपनी पिडित पक्ष सम्पर्कमा नआएको जोसीले बताए । उनले भने ‘पिट्ने मान्छे एकपटक प्रहरी सहित अस्पतालमा आएको थियो । उल्टै भिरबाट लडेको होला भनेर गयो । पिडितको घरमा कोहि आफन्त नभएकाले प्रहरीमा किटानी जाहेरी पनि दिएको छैन् ।’ घाइते इश्वरीदत्तको छोरा रोजगारीको सिल्सिलामा भारतमा छन् । 


प्रहरीले भने दुबै पक्ष आफ्नो सम्पर्कमा रहेकाले पिडक पक्षले आफ्नै खर्चमा उपचार गराइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने‘सबैभन्दा ठुलो कुरा मान्छेको ज्यान जोगाउनु हो । उनिहरु आपसी समझदारीमा उपचार गराउन सहमत भएर धनगढी गएकाछन् । उपचारमा आनाकानी गरेमा अवश्य जेल जान्छन् ।’ अपराधी कुनै हालतमा नछुट्ने उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update