Sagun Khabar
बैतडीमा पहिरोबाट मृत्यु भएकाका परिवारलाई किरिया खर्च 

बैतडी –जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले पहिरोले घर पुरिँदा मृत्यु भएकाका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । यही कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका ६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट एकमुष्ट १ लाख २० हजार किरिया खर्च उपलब्ध गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

Atrya hospital

शनिबार गाउँमै पुगेर मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराइएको उनले बताए ।  मृतकका परिवारलाई थप राहत पनि दिइने उनले बताए । 

यस्तै पहिरोमा पुरिएर मृत्यु भएका सुर्नया गाउँपालिका ५ की परुदेवी महराका परिवारलाई पनि केही दिनभित्रै  किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

यही असोज ३१ गते रातीदेखि ३ दिन सम्म परेको अविरल बर्षाका कारण बैतडीमा ४ जनाको मृत्यु भईसकेको छ भने कैयौंका घरखेत नष्ट भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update